
बुटवल, १५ माघ– प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड–नेपाल समूहले आज बुटवलमा जनसभा गर्दैछ ।
लुम्बिनी प्रदेश संघर्ष समितिको आयोजनामा हुने सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वर्षमान पुन अनन्त, घनश्याम भुसाल, गोकर्ण विष्ट लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ । सभाअघि बुटवलका विभिन्न स्थानबाट जुलुस निस्कनेछ ।
जुलुसको नेतृत्व केन्द्रीय नेताहरुले गर्नेछन् । उक्त समूहले गत ९ माघमा काठमाण्डुमा विरोसभा गरेको थियो ।