श्रीमानको हत्या गरी श्रीमतीद्वारा आत्महत्या

काठमाण्डु टुडे २०७७ पुष २५ गते १२:५५ मा प्रकाशित

काठमाण्डु, २५ पुस– काठमाण्डुको टोखामा एक महिलाले श्रीमानको हत्या गरी आफूले पनि आत्महत्या गरेकी छन् ।

सुर्खेत घर भएकी सुदिक्षा गिरी नामकी महिलाले टोखास्थित आफ्नै हाउजिङमा श्रीमान उमेश केसीको हत्या गरेकी हुन् । प्रहरीका अनुसार अमेरिका बस्दै आएका उमेश केही दिनअघि मात्र काठमाण्डु आएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गिरीले श्रीमानको टाउकोमा सिलौटाले हानेर हत्या गरेको खुलेको छ । उमेशको शव शयन कक्षमै भेटिएको थियो भने शव नजिकै रगत लत्पतिएको सिलौटो फेला परेको छ ।

श्रीमानको हत्यापछि गिरीले अर्को कोठामा गएर झुण्डिएर आत्महत्या गरेकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us