
काठमाण्डु, १७ पुस– नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
नेकपा विभाजनमा तटस्ीथ देखिएका गौतम शुक्रबार प्रचण्ड भेट्न उनको निवास खुमलटार पुगेका हुन् । श्रोतका अनुसार प्रचण्डले गौतमलाई आफूहरुको समूहमा खुलेर लाग्न आग्रह गरेका थिए । उनलाई ओली र प्रचण्ड–नेपाल दुवै समूहले आफ्नो खेमामा आउन आग्रह गरिरहेका छन् । तर, गौतम अहिलेसम्म कतै खुलेका छैनन् ।
श्रोतका अनुसार गौतम र प्रचण्डबीच राष्ट्रियसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे कुराकानी भएको थियो । राष्ट्रियसभाको बैठक आजै बस्दैछ ।