
काठमाण्डु, ९ पुस– नेकपाको ओली समूहले पुष्पकमल दाहाल प्रचण्डमाथि कारबाहीको निर्णय गरेको छ ।
ओली समूहका केन्द्रीय समितिको बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो ।
यद्यपि बैठकले अध्यक्षबाट भने हटाएको छैन । यस्तै ओली पक्षले प्रचण्ड–माधव नेपाल पक्षधर प्रदेश इन्चार्जहरुलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको छ । भीम आचार्यलाई प्रदेश–१ को इन्चार्जबाट हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ ।
अष्टलक्ष्मी शाक्यलाई बागमति प्रदेशको इन्चार्जबाट हटाएर ईश्वर पोखरेललाई, कर्णाली प्रदेशमा जनार्दन शर्मालाई हटाएर मणि थापा र कर्णालीमा भीम रावललाई हटाएर लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ । प्रदेश–२ का इन्चार्ज सत्यनारायण मण्डल, गण्डकीका पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी इन्चार्ज शंकर पोखरेल ओली पक्षकै हुन् ।