काठमाण्डु , २२ भदौ — सातको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक घटेको छ ।
आज सोमबार नेप्से १२ दशमलव १७ अंकले घटेर १ हजार ४८७ दशमलव ८१ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज २ अर्ब १६ करोड बढीको कारोबार भएको छ ।
आज कारोबारमा भएका १२ उपसमूह मध्ये ४ उपसमुह भने हरियोमा नै कायम रहेका छन । कारोबारमा अन्तिम समयसम्म आएका १९२ कम्पनीको ५५ लाख ९० हजार ६६५ कित्ता शेयर २८ हजार ३३ पटक खरिद विक्री हुदाँ २ अर्ब १६ करोड २२ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।