काठमाण्डु, १९ भदौ — साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आज तोलामा एक सयले घटेर छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३ सय १० रुपैंयामा कारोवार भइरहेको महहासंघले बताएको छ ।