घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७७ भदौ १८ गते १३:१३ मा प्रकाशित

काठमाण्डु , १८ भदौ— आज नेपाली बजारमा सुनको भाउ हवात्तै घटेको छ ।

आज छापावाल सुन तोलामा ७ सयले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैंयामा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, आज नेपाली बजारमा तेजावी सुन ९६ हजारमा कारोवार भइरहेको महासंघले बताएको छ ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा झरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us