फेरि बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७७ भदौ १४ गते १२:५३ मा प्रकाशित

काठमाण्डु , १४ भदौ — साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ तोलामा ३ सयले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९७ हजार २ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ । त्यस्तै , आज तेजावी सुन ९६ हजार ७ सय रुपैयामा कारोवार भइरहेको महासंघले बताएको छ ।

आज चाँदी भने स्थिर हरेको छ । आज चाँदीको मूल्य प्रतितोला १३४० रहेको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us