काठमाण्डु ,१ भदौ — नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ ।
आज तोलामा २ सयले घटेर प्रतितोला छापावाल सुन ९८ हजार ७ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै ,तेजावी सुनको मूल्य ९७ हजार ७ सय निर्धारण गरिएको छ ।
यसैगरी, चाँदीको मुल्य पनि घटेर तोलाको १३ सय १५ रुपैयाँमा कारोवार भइरहेको महासंघले बताएको छ । चाँदी आज तोलामा १० रुपैंयाले घटेको हो ।