काठमाण्डु, ३२ साउन–पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियमको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर एक रुपैयाँका दरले मूल्य वृद्धि गरिएको जनाएको छ ।
मूल्य वृद्धिसँगै डिजेल र मेट्टितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ र पेट्रोलको मूल्य १ सय ५ रुपैयाँ कायम भएको छ । निगम प्रवक्ता विनितमणि उपाध्यायले स्वाचालित मूल्य प्रणालीअनुसार गत १६ अगष्टमा भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य सूची पठाएकाले मूल्य वृद्धि गर्नुपरेको बताए ।
उपाध्यायका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ ।