सांसद अपहरणको यथार्थ छिट्टै बाहिर आउँदैछः नेम्वाङ

काठमाण्डु टुडे २०७७ वैशाख २६ गते १८:२० मा प्रकाशित

काठमाण्डु, २६ वैशाख–सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण प्रकरणबारे छिट्टै यथार्थ बाहिर आउने दाबी गरेका छन् ।

शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको बेजट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेम्वाङले उक्त प्रकरणबारे संसदका यही अधिवेशनमा स्पष्ट जानकारी आउने विश्वास दिलाए । पूर्वसभामुखसमेत रहेका नेम्वाङले आफ्नो पार्टी आपराधिक गतिविधिका पक्षमा नरहेको स्पष्ट गरे ।

नेकपा सांसदद्वय महेश बस्ने र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालमाथि सा.सद यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाण्डु ल्याएको आरोप छ ।

उनीहरुविरुद्ध अपहरणविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डु र राष्ट्रिय मानव अधिकार आयोगमा अपहरणको उजुरी दर्ता भएको छ । अर्को एक फरक प्रसंगमा नेम्वाङले शान्ति प्रक्रियाका बाँकी सबै काम यही अधिवेशनबाट सकिएको घोषणा हुने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us