नेपालमा कोरोनाका कारण भयावह स्थिति आउन सक्छ

काठमाण्डु टुडे २०७७ वैशाख २५ गते १५:२५ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख–प्रधानमन्त्री केपी ओलीले नेपालमा कोरोना भाइरस (कोभिड-१९) महामारीले भवायह रुप लिन सक्ने चेतावनी दिएका छन् ।

सरकारले नियन्त्रणका लागि चालेका कदमका कारण अहिलेसम्म भवायव स्थिति नआएको भन्दै ओलीले अब भने महामारीले भयावह रुप लिन सक्ने देखिएको बताए । २५ सय ६४ औं बुद्धजयन्तीका अवसरमा बिहीबार एक भिडियो सन्देश जारी गर्दै ओलीले सबैको सतर्कता, तयारी र रोकथाममा समझदारीपूर्ण ऐक्यबद्धता नभए महामारीले भयावह रुप लिन सक्ने लक्षण देखिएकाले सजग हुन उनले अपिल गरेका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसले विश्व दुनियाँलाई नै भयावह त्रासदीको स्थितिमा पुर्याएको उल्लेख गरे । ओलीले केही दिनअघि भएको रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली समेत सुमन अर्पण गरेका छन् । बुद्ध जयन्तीका अवसरमा शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, स्वयंसेवी तथा सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न समेत प्रधानमन्त्री ओलीले अपिल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us