कोरोना महामारीबीच भारतमा फैलियो अफ्रिकी स्वाइन फ्लू

काठमाण्डु टुडे २०७७ वैशाख २४ गते ७:४७ मा प्रकाशित

एजेन्सी– कोरोना महामारी फैलिएको भारतमा अफ्रिकी स्वाइनफ्लुको पनि महामारी फैलन सक्ने खतरा देखिएको छ ।

भारतको आसाममा सुंगुरमा देखिएको फ्लु मानिसमा सर्ने त्रास बढेको हो । त्यहाँ २५ सय भन्दा बढी सुँगुर फ्लुका कारण मरिसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । फ्लु आसामका सात जिल्लामा फैलिएको अधिकारीहरुले जनाएका छन् ।

देशभर कोरोना महामारी फैलिएपछि त्यसविरुद्ध लडिरहेको सरकार जनतामा पुनः स्वाइनफ्लुको त्रास बढेको छ । कोरोना भाइरससँग भने उक्त फ्लु सम्बन्धित नरहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us