प्रचण्डलाई गाली गर्ने केपी ओलीनिकट पत्रकार पक्राउ

काठमाण्डु टुडे २०७७ वैशाख १८ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख– नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पलकमल दाहाल प्रचण्डलाई गालीगलौज गरेको आरोपमा पत्रकार दीपक पाठक पक्राउ परेका छन् ।

झापा निवासी पाठक रेडियो नेपालका बोर्ड सदस्य हुन् । पाठक आफूलाई प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी ओली निकट दाबी गर्ने गर्दथे । पाठकलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

प्रवक्ता प्रवक्ता डिआईजी निरज शाहीले पाठकलाई साइबर क्राइमको आरोपमा पक्राउ गरिएको पुष्ट गरे ।

प्रहरीले पछिल्लो समय राजनीतिक नेतृत्वविरुद्ध सामाजिक सञ्जालबाट गालीगलौज गर्नेलाई पक्राउ गर्न थालेको छ ।

प्रधानमन्त्री केपी ओलीलाई फेसबुकमार्फत गाली गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय अदालतको आदेशमा दुई दिनअघि रिहा भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us