गृहको पत्रः लकडाउनमा गाडी चलाउनेलाई अप्ठेरो !

काठमाण्डु टुडे २०७७ वैशाख १५ गते १३:१३ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– काठमाण्डुमा लकडाउन उल्लंघन गर्ने गरेर सवारी चलाउने क्रम बढेपछि गृह मन्त्रालयले कडाई गरेको छ ।

गृहले लकडाउन कडा गर्न र पासबाहेकका सवारी साधन चलाउन नदिन स्थानीय प्रशासन र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता केदारानाथ शर्माले देशभरि नै लकडाउन खुकुलो भएको गुनासो आएकाले कडाई गर्न परिपत्र जारी गरिएको बताए ।

‘लकडाउनमा चलाइएका पासबाहेकका गाडी नियन्त्रण हुन्छ’, उनले भने, ‘पास भएका र अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउन परिपत्र गरेका छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us