कोरोना संक्रमित धादिङका युवासँगै कतारबाट आएकी युवती क्वारेन्टाइनमा

काठमाण्डु टुडे २०७६ चैत १२ गते १९:४९ मा प्रकाशित

दाङ, १२ चैत– कोरोना भाइरस (कोेभिड–१९ ) पुष्टि भएका धादिङका युवकसँगै एउटै जहाजमा कतारबाट नेपाल आएकी युवतीलाई क्वारेन्टाइनमा राखिएको छ ।

 

प्रहरीले उनलाई बुधबार दिनभर लगाएर खोजेको हो । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले ती युवतीलाई राप्ती प्रदेशिक अस्पताल तुलसीपुरको आइसोलेसनमा राखिएको जानकारी दिए ।

अस्पतालका सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले ती युवतीको नमुना लिन बुटवलबाट विशेषज्ञ टोली बिहीबार दाङ आउने उनले जनाए । उनीहरु गत ६ चैतमा कतारबाट नेपाल आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us