अप्रिल तीनसम्म इटालीमा सबै खेलकुद स्थगित

काठमाण्डु टुडे २०७६ फागुन २७ गते १३:०० मा प्रकाशित

एजेन्सी–इटालीमा खेलकुदका सबै गतिविधि अप्रिल तीनसम्मका लागि स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमले महत्वपूर्ण खेलकुद गत् सातादेखि दर्शकको अनुपस्थितिमा खेलिदै आएकोमा अब भने स्थगित गरिएको छ ।

इटालीका प्रधानमन्त्री जिसेपे कोन्टीले उक्त घोषणा गरेका हुन । इटालीमा महत्वपूर्ण रहेको सिरी ए का खेलहरु यसअघि नै इन्डोर हुँदैछ । उनले क्वारेन्टाइनका महत्वपूर्ण सुरक्षात्मक उपायहरु स्वरुप खेलकुद स्थगित गरिएको प्रष्ट्याए ।

यसअघि सोमबार इटालीको ओलम्पिक कमिटिले खेलकुदका सबै गतिविधि बन्द गर्न सिफारिश गरेको थियो । यूरोपमा कोरोना भाइरसको संक्रमणले इटाली सबैभन्दा बढी प्रभावित भएको छ । करिब नौ हजार व्यक्तिमा संक्रमण रहेको पुष्टि भइसकेको छ भने ४५० जनाको मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us