दर्शकबिनाको सेरी ए मा जुभेन्ट्सको इन्टर मिलानमाथि जित

काठमाण्डु टुडे २०७६ फागुन २६ गते १६:०७ मा प्रकाशित

एजेन्सी–कोरोना भाइरस संक्रमणको जोखिममा दर्शक अनुपस्थितिको खेलमा जुभेन्ट्सले इन्टनर मिलानमाथि जित हात पारेको छ । जितसँगै जुभेन्ट्स इटाली सेरी ए को शिर्ष स्थानमा उक्लेको छ ।

जुभेन्ट्स र इन्टर मिलानबीचको खेल इटाली सेरीको सबैभन्दा रोचकमध्येको एक मानिएको थियो, तर उक्त खेलमा दर्शक भने कोही थिएनन । अप्रिल ३ सम्म इटालीमा हुने खेलमा दर्शक रहने छैनन् । बीबीसीका अनुसार इटालीमा कोरोना भाइरसको संक्रमणले कम्तिमा ३६६ जनाको मृत्यु भएको छ । सात हजार ३७५ जना संक्रमित भएका छन् ।

जुभेन्ट्सको जितमा आरोन राम्से र पाउलो डिबालाले एक एक गोल गरे । जितसँगै जुभेन्ट्स लाजिओसँग एक अङ्कको अग्रता लिएको छ । पहिलो हाफ गोलविहीन भएपछि जुभेन्ट्सका लागि राम्सेले खेलको ५४ औं मिनेटमा महत्वपूर्ण अग्रता दिलाए । राम्सेकै पासलाई डिबालाले गोलमा परिणत गर्दै अग्रता दोब्बर पारे । डिबालाले खेलको ६७ औं मिनेटमा गोल गर्दा जुभेन्ट्स २–० को अग्रता लियो ।

खेलको उत्तराद्र्धतिर ७९ औं मिनेटमा सब्स्टिच्युट डेनिल पडेलीले गोल फर्काएपनि खेलमा वापसी गर्न इन्टर मिलानले ढिलाइ गरिसकेको थियो । हारसँगै इन्टर मिलानको उपाधि उचाल्ने सम्भावना लगभग अन्त्य भएको छ । शिर्ष स्थानको जुभेन्ट्सभन्दा ऊ नौ अङ्क पछाडि रहेको छ ।

क्रिष्टियानो रोनाल्डोले भने इन्टर मिलानसँगको स्पर्धामा गोल गर्न सकेनन् । सेरी ए मा गत् नोभेम्बर १० यता खेलिएको खेलमा रोनाल्डोले पहिलोपटक गोल गर्न सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us