तामीम इकबाल बङ्गलादेशका नयाँ कप्तान नियुक्त

काठमाण्डु टुडे २०७६ फागुन २६ गते १३:३८ मा प्रकाशित

एजेन्सी–तामीम इकबाल बङ्गलादेश क्रिकेट टोलीका नयाँ कप्तान नियुक्त भएका छन । मशरफे बिन मर्तजा कप्तानबाट राजिनामा गरेपछि तामीम कप्तानको जिम्मेवारीमा नियुक्त भएका हुन ।

बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हस्सनले तामीमलाई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको कप्तानको जिम्मेवारीमा नियुक्त गरिएको जानकारी दिएका हुन । उनले तामीमको समयावधी नतोकिएपनि उनलाई लामो समयसम्म कप्तानको रुपमा रहीरहने गरी नियुक्त गरिएको उल्लेख गरेका हुन ।

मर्तजा बङगलादेश क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा सफल कप्तानको रुपमा चिनिनछन । लामो समयसम्म लयविहीन हुन पुग्दा उनीमाथि राजिनामा गर्ने दबाब बढेको थियो ।
नयाँ कप्तानको रुपमा मुश्फीक्र रहिम र महम्मदुल्लाहको नामबारे चर्चा चलेपनि तामीमलाई जिम्मेवारी दिइएको हो ।

ब्याट्सम्यानको रुपमा सात हजार रन पुरा गर्ने बङ्गलादेशका पहिलो क्रिकेटको कीर्तिमान बनाएका उनी उत्कृष्ट ब्याटिङ लयमा छन ।
सन् २०२० मा बङ्गलादेशले तीनवटा आयरल्याण्ड विरुद्ध र एउटा पाकिस्तानसँग गरी कुल चार अन्तर्राष्ट्रिय एकदिवसीय मात्रै खेल्ने तालिका रहेको छ ।

प्रतिबन्धमा परेका शकीब अल हसनले अक्टोबर महिनामा पुनरागमन गर्नेछन । पुनरागमनपछि कप्तानको दौडमा शकीबको नाम पनि आउनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us