ईपीएल क्रिकेट स्थगित

काठमाण्डु टुडे २०७६ फागुन २२ गते १५:०० मा प्रकाशित

काठमाण्डु , २२ फागुन – चैत १ बाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको कारणले आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।
ईपीएल पालिका प्रमुख अमिर अख्तरले भने, ‘६/७ महिनादेखि ईपीएलको तयारी गरेका थियौं । खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने भयो । अर्को सूचना नआएसम्मका लागि स्थगित गरेका छौं ।’ यो सिजन बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us