रोनाल्डिन्हो पक्राउ!

काठमाण्डु टुडे २०७६ फागुन २२ गते १३:३६ मा प्रकाशित

काठमाण्डु,२२फागुन–ब्राजिलका चर्चित फुटबलर रोनाल्डिन्हो पक्राउ परेका छन् । पाराग्वे जाने क्रममा नक्कली पासपोर्ट प्रयोग गरेका कारण उनलाई पक्राउ गरिएको हो ।

३९ वर्षीय रोनाल्डिन्हो सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टिमका सदस्य थिए । बुधबार राति आफ्ना भाइ रोबर्टोसँग पाराग्वे जाने क्रममा उनी पक्राउ परेका थिए ।

रोनाडिन्हो अहिले ब्राजिलको पासपोर्ट बोक्न नपाउने भएका छन् । सन् २०१८ मा पर्यावरण कानुन उल्लङ्घन गरेको आरोपमा उनी कारबाहीमा परेका थिए ।
सन् २०१५ मा अवैधरुपमा माछा मारेका कारण उनलाई कारबाही गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us