नेप्सेमा पुनः गिरावट

काठमाण्डु टुडे २०७६ असोज ७ गते १५:४९ मा प्रकाशित

काठमाण्डु , ७ असोज — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा फेरि गिरावट आएको छ ।

सोमबार नेप्सेमा सामान्य सुधार भएको भए पनि मंगलबार गिरावट आएको हो । सोमबार नेप्से ६।४२ अंकले घटेर ११३४।५६ बिन्दूमा झरेको छ । कुल १७१ वटा कम्पनीको ८ लाख ७३ हजारभन्दा बढी कित्ता शेयर २१ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमा होटल्, व्यापार र सामूहिक लगानी कोष समूहबाहेक सबै समूह घटेका छन् । मंगलबार शिवम् सिमेन्टको पनि कारोबार भएको छ ।
यस कम्पनीको शेयर ३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । पछिल्ला केही दिनयता शिवम् सिमेन्टको शेयर कारोबार उच्च हुँदै आएको छ । यस दिन खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

तर, रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us