राष्ट्र बैंकले ५ खर्ब जलायो

काठमाण्डु टुडे २०७६ असोज ७ गते १३:२४ मा प्रकाशित


काठमाण्डु,७असोज–नेपाल राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६२४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको छ ।
आर्थिक बर्ष २०७५ र ०७६ सम्ममा पुराना भएर जलाउने क्रम बढिरहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैंकले पुराना नोटहरु काम नलाग्ने भएकाले ठूलो परिणाममा नोट जलाएको हो ।
सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, १००, ५०, २०, १० र ५ दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु राष्ट्र बैङ्कले नष्ट गरेको हो । राष्ट्र बैङ्कले नष्ट गरिएको नोटहरुमा हजारका ५ करोड ३२ लाख ३२ हजार ३८ थान रहेका छन् त्यसैगरि ५ सयको ३ करोड १६ लाख ४ हजार २ सय ४० थान, २५० रुपैयाँको ३१ थान, सय रुपैयाँको चार करोड १४ लाख ६३ हजार ३ सय ७४ थान, ५० को ४ करोड ५० लाख ४४ हजार ४३ थान नोट राष्ट्र बैङ्कले नष्ट गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us