काठमाण्डु , ७ असोज – दशैंको मुखमा सुनको भाउ फेरि बढेको छ ।
मंगलबार प्रतितोला १ सयले बढेर छापावाल सुन तोलाको ७१ हजार ४ सय रुपैंयनमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार र सोमबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार बढेको हो ।
यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।