नेपालगञ्ज गएको विमान धनगढी पुग्यो

काठमाण्डु टुडे २०७६ असोज २ गते १०:५७ मा प्रकाशित


काठमाण्डु,२असोज–काठमाण्डुबाट नेपालगञ्ज जाँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण बुधबार राति नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ ।
काठमाण्डुबाट ६४ यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको उडान नं ४०५ विमान निर्धारित समयमै नेपालगञ्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गर्नुपरेको बुद्ध एयर नेपालगञ्जका स्टेशन प्रमुख विनित शाहले जानकारी दिए ।
उनका अनुसार, केहीबेर आकाशमै उडेर अवतरणको प्रतीक्षा गरिए पनि मौसममा सुधार आउने सङ्केत नदेखिएपछि नेपालगञ्जदेखि करीब २०० किलोमिटर टाढा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी विमानस्थलमा पुगेर विमान अवतरण भएको छ । उक्त विमान अब आज बिहान धनगढीबाट यात्रु लिएर नेपालगञ्ज आउने शाहले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us