फेरी पनि विमानस्थलबाट डेढ किलो सुन बरामद!

काठमाण्डु टुडे २०७६ भदौ २३ गते १३:४० मा प्रकाशित

काठमाण्डु,२३भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित १ जना पक्राउ परेका छन् । हिमालय एअरलाइन्सबाट कतारबाट काठमाण्डु आउँदै गरेका होमबहादुर गुरूङको साथबाट प्रहरीले डेढ किलो सुन बरामद गरेको छ।
उनले करूवाभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा विमानस्थल प्रहरीले चेक जाँच गर्दा उक्त परिणामको सुन बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीले गुरङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us