१६ वटा वाणिज्य र विकास बैंकको सर्भरमा समस्या ,सर्भर ह्याक भएको आशंका!

काठमाण्डु टुडे २०७६ भदौ १५ गते १२:५३ मा प्रकाशित


काठमाण्डु,१५भदौ–नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम नेप्सको सर्भरमा राखिएका वाणिज्य र विकास बैंकको सर्भरमा समस्या देखिएको छ ।
शनीबार रातीबाट नेप्सको सर्भरमा रहेका बैंकको सर्भर ह्याक भएको आशंका गरिएको छ । यसरी सर्भर डाउन भएका १६ वटा बैंकका मास्टर कार्ड, भिजा कार्ड र एटीएम कार्ड चलेका छैनन् ।
अपराध महाशाखा साइबर पिलरबाट यसबारेमा अनुसन्धान भैरहेको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सहकुल थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us