११ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गर्ने दुई पक्राउ

काठमाण्डु टुडे २०७६ साउन १५ गते १३:५२ मा प्रकाशित

काठमाण्डु,१५साउन—११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ ।

सोही प्रकृतिको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले जानकारी दिए । पक्राउ परेका दुवैलाई जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us