श्रीमती, छोरी र नातिनातिना लिएर यूएई गए प्रचण्ड

काठमाण्डु टुडे २०७६ साउन १४ गते १०:४५ मा प्रकाशित

काठमाण्डु, १४ साउन– सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीताको आग्रहमा यूएई गएको उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड मंगलबार सीतासहित छोरीहरु माइली रेणु र कान्छी गंगा तथा नातिनीहरुका साथ यूएई प्रस्थान गरेका हुन् । रेणु भरतपुर महानगरकी मेयर हुन् भने गंगा प्रचण्डको स्वकीय सचिवका रुपमा कार्यरत छिन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले सीताको पटकपटकको आग्रहपछि पारिवारिक भ्रमण भएको जानकारी दिए । ‘सीता मेडमको पटकपटकको आग्रहमा पारिवारिक भ्रमण भएको हो’, सापकोटाले भने । प्रचण्ड परिवार यूएईबाट नफर्कुञ्जेल खुमलटार निवास खानेपानी मन्त्रीसमेत रहेकी बुहारी बिनामगरले सम्हाल्नेछिन् ।

प्रचण्ड परिवार आगामी १८ साउनमा स्वदेश फर्कने कार्यक्रम छ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us