छोराले चिर्पटले हिर्काएर बुबाको हत्या गरे

काठमाण्डु टुडे २०७६ साउन १३ गते १८:१२ मा प्रकाशित

धनगढी,१३साउन- कैलालीमा एकजनाले आफ्नै बुबालाई काठको चिर्पटले हिर्काएर हत्या गरेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका ५, बर्बाटामा आइतबार राति चिर्पटले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार बर्बाटाका ३० वर्र्षीय रामसिं कुमालले दाउराको चिर्पट प्रहार गरी आफ्नै बुवा ६० वर्षीय अम्मरसिं कुमालको हत्या गरेका हुन् ।
बुबाछोराबीच घरायसी विवाद भए पछि रामसिंले बुवा अम्मरसिंहलाई चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारवाट गम्भीर घाइते भएका अम्मरसिंलाई उपचारका लागि धनगढीस्थित सेती अस्पतालमा पुर्याइएको भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताए ।
प्रहरीले चिर्पट प्रहार गरी फरार रहेको रामसिंलाई पक्राउ गरी अनुसन्धान गरिरहेको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताए । एक साताअघि पनि कैलालीकै घोडाघोडी नगरपालिका ११ सिसैयामा ५५ वर्षीय उदय रावतले पनि आफ्नै ७५ वर्षीय बुबा काल्चे रावतलाई हसिँया प्रहार गरी हत्या गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us