नायक सरोज खनालले राष्ट्रपति कार्यालयको शौचालयमा बसेर फोटो खिचेपछि…

काठमाण्डु टुडे २०७६ असार ३० गते १९:४० मा प्रकाशित

काठमाण्डु, ३० असार– पूराना अभिनेता सरोज खनाल राष्ट्रपति कार्यालयको शौचालयको कमोडमाथि बसेको तस्बीरले विवाद निम्त्याएको छ ।

खनालले राष्ट्रपति कार्यालयमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ सामना सम्मान कार्यक्रमका सिलसिलामा शुक्रबार शौचालयको कमोडमा बसेर फोटो खिचेका थिए । त्यही फोटो सार्वजनिक गर्दैै खनालले बस्ने स्थानको अभावमा आफू शौचालयमा बस्नुपरेको गुनासो गरेका थिए । उनले कार्यक्रम व्यवस्थापकको कमजोरीलाई खिल्ली उडाउन उक्त फोटो सार्वजनिक गरेका हुन् । खनालले नायिका करिश्मा मानन्धरको फेसबुक स्टाटसमा कमेन्ट लेख्नै फोटो पोस्ट गरेका थिए । त्यसको धेरैले विरोध गरेका छन् ।

खनालले अब आफू कहिल्लै शीतलनिवास नजाने संकेतसहित उक्त प्रस्तुति पहिलो र अन्तिम भएको उल्लेख गरेका छन् । उनले लेखेका थिए, ‘सम्मानित हुने र सम्मान गर्ने सोफामा बिराजमान थिए तर, हामी पर्फमर करिब ३५ जनालाई ८/१० को कोठामा कोचेर राखियो । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर पालो पर्खी बसेँ ।’

यसैबीच चलचित्र विकास मोर्डले खनालले दाबी गरेजस्तो कलाकारले बस्नै नपाउने अवस्था नभएको र नियोजित रुपमा उक्त तस्वीर खिचिएको आरोप लगाएको छ । ‘शौचालयमा बसेर गरिएको फोटो सेसन कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ’, चलचित्र संग्रहालयका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईँद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको बोर्ड स्पष्ट पार्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us