पेट्रोलियम पाइप लाइन परीक्षण गर्न पानी पठाइयो

काठमाण्डु टुडे २०७६ असार ३० गते १८:०१ मा प्रकाशित


काठमाण्डु, ३० असार- राष्ट्रिय गौरव परियोजना रहेको मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइप लाइनमा आइतबारदेखि परीक्षण शुरु भएको छ । पाइप लाइनको परीक्षण गर्नका लागि पानी पठाइएको नेपाल आयल निगमले जनाएको छ । निगमले असार १५ गते नै परीक्षणका निम्ति पानी पठाउने तयारी गरे पनि आइतबार मात्रै पानी पठाइएको हो ।
भारतको मोतिहारीबाट नेपालको अमलेखगन्जसम्म ६९।९ किलोमिटर पेट्रोलियम पाइप बिच्छाएको छ । पाइपमा लिकेज छ छैन, नट जडानको अवस्था के कस्तो छ भनेर परीक्षणको लागि पानी पठाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
प्रवक्ता गोइतले भने-ँ पाइप लाइन परीक्षणपश्चात शुरुको चरणमा डिजेल पठाइने छ ।’ निगमका अनुसार पहिलो चरणमा ८ घण्टा मात्र सो पाइपलाइन सञ्चालनमा आउने जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us