
काठमाण्डु, ३० असार- काठमाडौंमा रहेको अस्तब्यस्त पार्किङ र ट्राफिक जामलाई व्यवस्थित बनाउन महानगरपालिकाले स्मार्ट पार्किङको साथै थप अटोलिफ्ट सञ्चालन गर्ने भएको छ । महानगरले २०७६र७७ मा अटोलिफ्टको निमार्ण कार्य थाल्ने भएको छ । पुरानो महानगरपालिकाको भवनको १ रोपनी जग्गामा अटोलिफ्ट सञ्चालन गर्न लागेको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए ।
उक्त लिफ्टको लागि ५ करोड बजेट लाग्ने महानगरको भनाइ छ । महानगरले स्मार्ट पार्किङको सुरूवात गरेपनि सोचेको जस्तो स्मार्ट पार्किङ हुन सकेको छैन । एउटा पार्क भित्र लगभग १५० वटा बाईक मात्र पार्किङ गर्ने मिल्ने छ । न्युरोडको अत्याधिक गाडि र बाइक पार्किङ गर्नको लागि ठाउँ पुगेको छैन् । न्युरोडको स्मार्ट पार्किङले पार्क गर्न नपुगे पछि अब महानगरले अटोलिफ्ट सिस्टम सुरूवात गर्नेलागेको हो ।