सञ्चारमाध्यममा विदेशी लगानी अस्वीकार्यः मन्त्री बास्कोटा

काठमाण्डु टुडे २०७६ असार ३० गते १६:४७ मा प्रकाशित

काठमाण्डु, ३० असार-  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् ।

सोमबार काठमाडौंमा संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एउटै संचार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने बताए ।

उनले संचार माध्यमहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए ।  केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही संचार माध्यामबाट आउन थालेकोमा मन्त्री बास्कोटाको दाबी छ ।

मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने संचार माध्यामलाई कारबाही गरिने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us