‘स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध’:प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०७६ असार ३० गते १४:२० मा प्रकाशित

काठमाण्डु, ३० असार- प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रासामु जलवायु परिवर्तका असर र चुनौतीको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरलाई सम्बोधन गर्न तयार रहनेबाहेक अरु उपाय नभएको बताएका छन् ।                                                                                                                                                                                                                           वन तथा वातावरण मन्त्रालयको आयोजनामा राजधानीमा आज आयोजित जलवायुसम्बन्धी अन्तरराष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेकाले यसको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको दृढता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले आगामी मार्च महिनाफागुन-चैततिर नेपाल सरकारको आयोजनामा सगरमाथा संवाद’ गर्न लागिएको र त्यसको विषय जलवायु परिवर्तन नै हुने जानकारी दिए । अन्तरराष्ट्रिय मञ्चमा मानव जातिका समकालीन विषयवस्तुउपर गम्भीर विमर्शका लागि विश्वका नेता, वैचारिक नेता र सरोकारवालाहरुको जमघट हुने प्रधानमन्त्री ओलीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us