रुकुमपूर्वमा जीप दुर्घटना पाँच घाइते तीनको अवस्था गम्भीर

काठमाण्डु टुडे २०७६ असार १६ गते ११:२७ मा प्रकाशित

 

काठमाण्डु, १६ असार- रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका-६ को पाखागाउँमा गए राति १२ बजे दुर्घटना हुँदा पाँच जना घाइते भएका छन भने तीनको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका-५ हुकामका १८ वर्षीया कोपिला बुढा, सोही ठाउँकी १७ महीनाकी सुहाना मगर, आठबिसकोट नगरपालिका १० रुकुम ९पश्चिम का २३ वर्षीय सुरेन्द्र वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय    रुकुम ९पूर्व० का प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए।
त्यसैगरी दुर्घटनामा परी पुथा उत्तरगङ्गा गाउँपालिका १० की २६ वर्षीया ललिता बुढामगर र सोही ठाउँकी २० वर्षीया सुस्मिता बुढामगर पनि घाइते भएका छन् । गम्भीर घाइते भएकी सुहाना ललिताकी छोरी हुन् । घाइतेको अहिले जिल्ला      अस्पताल सल्ले रुकुम ९पश्चिम० मा उपचार भइरहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us