भारतीय फिल्म अवार्डलाई पैसा दिनेबारे बोल्यो पर्यटन बोर्ड

काठमाण्डु टुडे २०७६ असार १६ गते ७:१२ मा प्रकाशित

काठमाण्डु, १६ असार– इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड वितरण कार्यक्रम काठमाण्डुमा गर्न नेपालले पैसा दिने भन्ने समाचारप्रति आफ्नो ध्यानार्कषण भएको जनाउँदै नेपाल पर्यटन बोर्डले अहिलेसम्म पैसा दिने सम्झौता नभएको स्पष्ट पारेको छ ।

तर यस्ता कार्यक्रम गर्दा आर्थिक सहयोग नगरी पनि नहुने आशयसमेत बोर्डको छ । एक सातायता नेपालका विभिन्न समाचार माध्यममा आइफा अवार्डका लागि नेपाल सरकारले एक अर्ब लगानी गर्न लागेको समाचार प्रकाशित भइरहेका छन् ।  बोर्डले नेपलमा आइफा आवर्ड आयोजनाका लागि सरोकारवाला पक्षसँग विभिन्न चरणमा छलफल भए पनि रकमै दिने गरी सम्झौता भने भइनसकेको दाबी गरेको हो । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us