जब श्रीमतीले ढोका नखोलेको भन्दै जँड्याहा श्रीमानले घरमा आलो लगाए …

काठमाण्डु टुडे २०७६ असार ८ गते १२:४७ मा प्रकाशित

दार्चुला, ८ असार– दार्चुलामा श्रीमानले आफ्नै घरमा आगो लगाएर श्रीमतीको हत्या गरेका छन् ।

नौगाडा गाउँपालिका–२, भैंसीमेलामा ३० वर्षीय शेरबहादुर बडालले घरमा आगो लगाएका हुन् । राति घरमा सुतिरहेकी उनकी श्रीमती न्द्रिा बडालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मदिरामत्त अवस्थामा घरमा आएका बडालले श्रीमतीले ढोका नखोलेको भन्दै घरमा आगो लगाइदिएका थिए । घरमा रहेका आमा, बाबु र छोराछोरी भने भागेर बाँचे । यसैबीच प्रहरीले बडाललाई पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us