
भरतपुर, ७ असार– चितवनमा गएराति दुईवटा यात्रुबस आपसमा ठोक्किँदा २० यात्रु घाइते भएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा बस आपसमा ठोक्किएका छन् । प्रहरीका अनुसार काठमाण्डुबाट गुलरिया जाँदै गरेको ना७ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाण्डु आउँदै गरेको ना५ख ३०९९ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । चालक र बस प्रहरी नियन्त्रणमा छन् ।