चिनियाँ राजदूतले ट्विटर ह्याण्डल खोलेपछि…

काठमाण्डु टुडे २०७६ असार ७ गते ६:४९ मा प्रकाशित

काठमाण्डु, ७ असार–ट्विटरलाई आफ्नो देशमा प्रतिबन्ध लगाउँदै आएको चीनका राष्ट्रपति सी जिनफिङ ट्विटरमा नभएर के भयो र ? उनका राजदूतहरु देश हेरी ट्विटरमार्फत कूटनीतिक अभ्यास गर्न थालेका छन् ।

नेपालमा रहेकी उनकी प्रतिनिधिले शुक्रबार त्यसकै श्रीगणेश गरिन् । राजदूत होउ याङचीले ट्विटर एकाउण्ट खोलेको जानकारी सार्वजनिक गर्न दूतावासले संवाददाताहरुलाई इमले ग-यो । ‘दक्षिण एसियाको विकास र समृद्धिका लागि बेल्ट एण्ट रोडबारे चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन पाउँदा हर्षित छु’, उनले पहिलो ट्विट अंग्रेजीमै गरिन्, ‘दक्षिण एसियाली देशलगायत छिमेकीसँग आर्थिक र सामाजिक विकासलाई प्रवद्र्धन गर्न चीनले बीआरआईअन्तर्गतको साझेदारीलाई थप अघि बढाउने छ ।’

ट्विटर संसारमा चिनियाँ राजदूतको उपस्थितिलाई धेरैले स्वागत गरेका छन् । केही घण्टामै उनका ६ सय फलोअर्स पुगे । साँझसम्म ४२ जनाले उनको ट्विट् रिट्विट र ६ सय २ ले लाइक गरे ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us