इरानमाथि हवाई आक्रमण गर्न ट्रम्पको निर्देशन

काठमाण्डु टुडे २०७६ असार ६ गते १७:०७ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हवाइ आक्रमणको आदेश दिएको छ । इरानले अमेरिकी ड्रोन खसालिदिएपछि आक्रोशित बनेका ट्रम्पले बिहिबार साँझ हवाई हमलाको निर्देशन दिएका हुन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यम टाइम म्यागाजिनका अनुसार आक्रमणको निर्देशन दिएपछि अमेरिकी सैन्य विमान र युद्धपोतहरु तयारी अवस्थामा थिए । आक्रमण राष्ट्रपति ट्रम्पबाट अनुमोदन भइसक्दा अमेरिकाले केही घन्टामा आक्रमण गर्दै थियो । तर, तयारी भइसक्दा अचानक स्थगित गरिएको थियो । ट्रम्पले अनुमोदन गरिसकेको आक्रमणको तयारी एकाएक रोकिनुको कारणबारे खोजी भइरहेको छ ।

इरानमाथिको आक्रमणले अरब क्षेत्रमा मात्र नभई विश्वभर असर पर्ने खतरा रहेको छ । इरानले ड्रोन खसालिदिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चेतावनी दिदै इरानले ठूलो गल्ती गरेको ट्वीट गरेका थिए । इरानले जासुसीका लागि आफ्नो हवाई क्षेत्रमा आएको ड्रोन खसालेको दाबी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us