ग्वार्कोको आकाशेपुलबाट हामफालेर ताप्लेजुङका वृद्धले गरे आत्महत्या

काठमाण्डु टुडे २०७६ जेठ ९ गते १४:०३ मा प्रकाशित

काठमाण्डु, ९ जेठ – ग्वार्कोको आकाशेपुलबाट हामफालेर एक वृद्धले आत्महत्या गरेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार ताप्लेजुङको साविक हाङपाङ गाविस घर भइ हाल कोटेश्वर बस्दै आएका ६० वर्षीय कीर्तिमान राईले आकाशे पुलबाट हामफालेर आत्महत्या गरेका हुन् ।

बिहानै कोठाबाट निस्किएका उनले ६ बजेर १० मिनेटमा हामफालेका थिए । कीर्तिमानले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us