
वाराणसी, ९ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् ।
वाराणसी निर्वाचन क्षेत्रबाट चुनावमा होमिएका मोदीले प्रारम्भिक मत गणनामा कांग्रेस उम्मेदवारलाई दोब्बर बढी मतले पछि पारेका हुन् ।
मोदीलाई हालसम्म ११ हजारको अग्रता मिलेको दैनिक भास्करले जनाएको छ । मोदीले २१ हजार २ सय ३६ मत ल्याउँदा कांग्रेसका अजय राय ९९८४ मतका साथ मोदीलाई पछ्याइरहेका छन् । शालिनी यादव तेस्रो स्थानमा छिन् । उनले ९२६१ मत पाएकी छन् ।
बिहान ८ बजेबाट सुरु भएको निर्वाचनमा मोदीको दल भारतीय जनता पार्टीले अग्रता लिइरहेको छ ।