उडिरहेको विमान आगो लाग्यो, पाइलटले बचाए १६१ यात्रुको ज्यान

काठमाण्डु टुडे २०७६ जेठ ६ गते १३:१७ मा प्रकाशित

चेन्नाई, ६ जेठ – सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको विमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले विमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् ।

उक्त विमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए । विमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ । विमानमा देखिएको समस्याका बारेमा अनुसन्धान शुरु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us