
काठमाण्डु, ५ जेठ –सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
पार्टी पोलिटब्यूरोको गठन, केन्द्रीय नेताहरुको कार्यविभाजन जनवर्गीय संगठनहरुको एकता लगायतका विषयमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
पार्टी एकता सम्पन्न भएको ठीक एक बर्षपछि नेकपाले जनवर्गीय संगठनको एकता टुङ्ग्याएपनि अझै विभाग, मोर्चा र आयोगहरुको एकता सम्पन्न हुन सकेको छैन ।
यसैगरी पोलिटब्यूरोको गठनपनि नेकपाले गर्न सकेको छैन । पूर्व माओवादीतर्फ समस्या उत्पन्न भएकाले पोलिटब्यूरो गठनमा ढिलाई भएको हो ।
आजको बैठकमा बाँकी रहेका पार्टी निकायका एकतालाई पूर्णता दिनुका साथै केन्द्रीय सदस्यहरुको कार्यविभाजनका विषयमा समेत छलफल हुनेछ ।