
इटहरी, ३१ वैशाख– सुनसरीको इटहरीमा घरको तीन तलामाथिबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।
इटहरी–६ संगीत चौककी १७ वर्षीया पूजा शर्माको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो । उनी इटहरीस्थित कस्तुरी क्याम्पसमा बीबीएस अध्यनरत थिइन् । तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएकी उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका नायब उपरीक्षक समिरचन्द्र खरेलले घटना भवितब्य हो वा कसैले घटाएको भन्नेबारे छानबिन जारी रहेको बताए ।