
एजेन्सी । सन्देश प्रवाहक एप ह्वाट्सएपमा भएको सुरक्षा चुकका कारण मोबाइल फोनमा एक जासुसी सफ्टवेयर इन्स्टल भएको फेसबुकले स्वीकार गरेको छ ।
बेलायतको अखबार फाइनान्सियल टाइम्सले प्रकाशित गरेको एक रिपोर्टकाअनुसार यो सफ्टवेयर एक इजरायली कम्पनी ने विकास गरेको थियो ।
उक्त जासुसी सफ्टवेयरलाई ह्वाट्सएप फोनको माध्यमबाट प्रयोगकर्ताको फोनमा इन्स्टल गरिएको थियो । अखबारले प्रकाशित गरेको रिपोर्टअनुसार प्रयोगकर्ताले फोन रिसिभ नगर्दाको अवस्थामा फोनमा उक्त जासुसी सफ्टवेयर इन्सटल हुने गर्छ ।
क्यानडाका अनुसन्धाताका अनुसार यो जासुसी सफ्टवेयरले मुख्यतः मानवअधिकार कार्यकर्ता र अधिवक्ताहरूलाई निशानामा राखेको थियो । रिपोर्टअनुसार फेसबुकका इन्जिनियरहरू यो गल्ती सुधार्न आइतबारसम्म लागेका थिए ।
फेसबुकले प्रयोगकर्ताहरूलाई नयाँ भर्सनको ह्वाट्सएप अपडेट गर्न पनि आग्रह गरेको छ । अहिलेसम्म कति प्रयोगकर्ता यो जासुसीबाट प्रभावित भए भन्ने यकिन भइनसकेको फेसबुकले जनाएको छ ।
निश्चित व्यक्तिहरूलाई मात्रै निशाना बनाइएको हुनसक्ने आँकलन गरिएको छ । संसरभर करिब १५० करोडले ह्वाट्सएप प्रयोग गरिरहेको बताइएको छ ।