जब अमेरिकी राजदुतले केपी ओली सरकारविरुद्ध ट्विट गरे…

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते ६:१४ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख– नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले प्रेस स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधारभूत पक्ष रहेको उल्लेख गर्दै सूचनाको स्वतन्त्र प्रवाहका बाधा पु¥याउने प्रयासप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने कानुन बनाउन सरकार अगाडि बढिरहेका बेला राजदूत बेरीले सोमबार ट्विटमार्फत भनेका छन्, ‘नेपालका नेताहरुले मसँग लोकतान्त्रिक स्वतन्त्रताका निरन्तर आफ्नो प्रतिबद्धता जनाएका छन् । प्रेस स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधारभूत पक्ष हो र नियम, कानून एवं कार्यहरुद्वारा सूचनाको स्वतन्त्र प्रवाहमा बाधा पु¥याउने कोसिसप्रति चिन्तित छु ।’ कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us