काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते १५:३७ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख – नेपाली काङ्ग्रेसले पर्वत पार्टीका पूर्व सचिव सोमलाल आचार्यको निधनमा दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी गत वैशाख २५ गते निधन भएका आचार्यप्रति दुःख व्यक्त गरेका हुन् ।

आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका आचार्य २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जेल परेका थिए ।

काङ्ग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा आचार्यले पु¥याएको योगदानको स्मरण गर्दै गहिरो दुःख व्यक्त गरेको छ । कुश्मा नगरपालिका–५ निवासी स्वर्गीय आचार्यका दुई छोरी र दुई छोरा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us