परीक्षामा फेल भएपछि १९ जना विद्यार्थीले गरे आत्महत्या

काठमाण्डु टुडे २०७६ वैशाख १८ गते १४:१२ मा प्रकाशित

एजेन्सी – परीक्षामा फेल भएपछि भारतमा १९ जना विद्यार्थीले आत्महत्या गरेका छन् । तेलंगना राज्यमा गएको दुई हप्तामा १९ विद्यार्थीले आत्महत्या गरेका हुन् ।

सबै कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरु आत्महत्यामा सामेल छन् । त्यहाँ यतिबेला त्यस परीक्षालाई विरोधाभास मानिएको छ । विद्यार्थीहरुले राम्रो परीक्षा दिएपनि शून्य अंक आएको, परीक्षा दिएको विषयमा अनुपस्थित देखाएको, राम्रा विद्यार्थी समेत फेल भएको आरोपहरु लागेका छन् ।

कक्षा १२ को परीक्षाको नतिजाको आधारमा विद्यार्थीले विश्वविद्यालयमा भर्ना पाउँछन् । तर परीक्षामा फेल भएसँगै विश्वविद्यालयमा भर्ना हुन नपाउने भएपछि उनीहरुले आत्महत्या गरेको जनाइएको छ ।

यससँगै दशजोड दुईमा फेल भएका विद्यार्थीका परिवार साथै विद्यार्थीले विरोध जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us